News Griha :: न्यूजगृह
शर्माद्वारा विद्यालय कर्मचारीको दरबन्दी, पेन्सन र तलबबारे सरकारको ध्यानाकर्षण

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य (सांसद) विश्वप्रकाश शर्माले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको तलब वृद्धि गर्न शिक्षामन्त्रीलाई सुझाव दिएका छन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै महामन्त्री शर्माले शिक्षामन्त्री अशोक राईलाई सो सुझाव दिएका हुन् ।

उनले संसदमा भने, ‘विद्यालयमा टङ टङ टङ टङ घण्टी बजाउने, अनि खन खन खन खन खन खन खन लेखाको कर्मचारीले तलब गन्ने अनि गन्दै गर्दा आफ्नै दरबन्दी, आफ्नै तलबमान र आफ्नै पेन्सन पट्टाको टुंगो पाउँदैन । बुढेसकालमा पुगेको त्यो विद्यालय कर्मचारीले मेरो देशको सरकारको जय होस् भनेर गीत गुञ्जाउँदैन । शिक्षामन्त्रीको ध्यान पुगोस् ।’

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०६:५४
Weather Update