
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको आर्थिक संकट समाधान गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको दाबी गरेका छन् ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले नीति तथा कार्यक्रमले अहिलेको आर्थिक संकट समाधानका आधारभूत विषयहरूको सम्बोधनका लागि जोड दिएको जिकिर गरेका हुन् ।
प्रचण्डले भने ‘समस्याबाट भागेर होइन् समस्यालाई ढाकछोप गरेर होइन् समस्यालाई पनि प्रष्ट रुपमा राख्ने र समाधानका उपायहरू पनि वस्तुगत व्यवहारिक बनाउने कुरामा बढी जोड दिएका छौँ ।’
प्रस्तुत नीति तथा कार्यक्रमले, वित्तीय मौद्रिक र स्वावलम्बी अर्थतन्त्र निर्माणमा जोड दिएको उनको दाबी छ ।
प्रचण्डले भने ‘ कृषि उद्योग र सेवा क्षेत्रलाई सन्तुलित तवरले अघि बढाउने कुरालाई जोड दिइएको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा रोजगारी सिर्जना गरी स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने सोच यस नीति तथा कार्यक्रममा रहेको छ ।’