यस्तो छ शनिबार, विदेशी मुद्राको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९७ पैसा र बिक्री दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा पुगेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८३ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ, १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।
त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० ०७:३४