५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं— नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा झरेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।
चाँदीको तोलामा अघिल्लो दिनको भन्दा ५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० १२:३७
साताको लोकप्रिय