बिहीबार थप १० संक्रमित

काठमाडौं— पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण भएका ५८० नमूनामध्ये १० जनामाको रिपोर्ट पोजिटिभ आएको हो ।
त्यस्तै थप १५ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ४१ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० १८:३६