News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रेडिओहरूलाई आफ्नो प्लेटफर्ममा जोडिन नेपाली पात्रोको आह्वान

काठमाडौं— कम्युनिटी एप ‘नेपाली पात्रो’ले देशभरका रेडिओहरूलाई आफ्नो प्लेटफर्ममा जोडिन आह्वान गरेको छ । नेपालकै पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ले स्थानीयस्तरका रेडिओहरूसमेत आफ्नो प्लेटफर्ममार्फत संसारभरका स्रोतासँग पुग्नसक्ने जनाएको छ ।

देश विदेशमा रहेका नेपाली स्रोताले आफ्नो क्षेत्रका स्थानीय रेडिओहरूलाई पनि डिजिटल्ली संसारको जुनसुकै कुनाबाट सुन्न सक्ने गरी नेपाली पात्रो एपले आफ्नो प्लेटफर्म विकास गरेको कम्पनीका मिडिया म्यानेजर आशिष कार्कीले जानकारी दिए । 

Prabhu Bank

विगत एक दशकभन्दा बढी समय रेडिओकर्म र मिडियाका विभिन्न क्षेत्रमा काम गरेको आफ्नो अनुभवले गर्दा पनि नेपाली पात्रो एपलाई सोही अनुरूप विकासित गरिएको कार्कीले बताए । नेपाली पात्रो एपले यो सुविधा दिएसँगै नेपालका जुनसुकै स्थानका रेडिओहरू यसमा जोडिन सक्ने र संसारभर रहेका नेपाली स्रोतालाई पनि थप सुविधा पुग्ने उनले बताए ।

नेपाली पात्रो एपमा नेपाली तिथिमिति तथा पञ्चाङ्गको जानकारी, नेपाली चाडपर्व तथा शुभसाइतको विस्तृत विवरण, राशिफल, समाचार, एफएम तथा अनलाइन रेडिओ, विदेशी विनिमय दर, सुन चाँदीको दररेट, मौसम तथा सरकारी बिदाहरू, ज्योतिष परामर्श सेवालगायत सुविधाहरू छन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १६:३६
sagarmatha cementsagarmatha cement
Weather Update