News Griha :: न्यूजगृह
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
फाइल तस्बिर ।

काठमाडौं— नेपाली बजारमा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुन तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । बुधबार १ लाख ९ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १२:१६
Weather Update