बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं— सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर बुधबार बिहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही ७ जेठको बिहान ४.१ रेक्टरको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० ०७:११
साताको लोकप्रिय