News Griha :: न्यूजगृह
भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखाला

मकवानपुर— भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला संक्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो ।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला संक्रमण विस्तारै अन्यमा संक्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए ।

संक्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार  सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार गरीरहेको जेलर पौडेलले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०७:३६
Weather Update