News Griha :: न्यूजगृह
कसरी घटे कोरोना संक्रमित ? यस्तो छ हप्ता दिनको तथ्यांक

काठमाडौं— कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्यांक हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र संक्रमण देखिएको छ ।

६ जेठमा १४, ५ जेठमा ३०, ४ जेठमा २४, ३ जेठमा २४, २ जेठमा २१ र १ जेठकम २१ जनामा संक्रमण देखिएको छ ।

इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले भारतमा पनि संक्रमण कम भएकाले नेपालमा घट्दो रहेको बताए ।

उनले भारतबाट संक्रमित नेपाल नआउनु र कोरोना भाइरस विरुद्धको खोपको प्रभावले संक्रमण घटेको बताए ।

‘भारतमा पनि संक्रमण कम थाल्यो । नेपालमा खोपको प्रभाव देखियो’,उनले भने,‘समुदायमा खोप लगाएमा मानिसको संख्यामा धेरै भएकाले संक्रमण पनि सर्न पाएन । त्यसैले संक्रमण घटिरहेको छ ।’

कोरोना भाइरस घट्ने बढ्ने भइरहेकाले अब बढ्दैन भन्ने अवस्था नरहेको उनले बताए ।

अहिलेसम्म ७० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै तीन आइसोलेशन, एक जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

गत चैत महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखापरेपछि संक्रमण बढेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १९:५८
Weather Update