News Griha :: न्यूजगृह
पूर्वीरुकुममा भूकम्पको धक्का, हुकाम केन्द्रविन्दु 

काठमाडौं— पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आइतबार बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत २१ वैशाखमा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

यो पनि पढ्नुहोस

 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०७:४७
Weather Update