सेती प्रादेशिक अस्पतालले माग्यो कर्मचारी

काठमाडौं— धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
एक सूचना जारी गर्दै अस्पतालले चौथो, पाँचौं, आठौं र नवौं तहका कर्मचारी माग गरेको हो ।
अस्पतालले जारी गरेको सूचनामा करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने सम्बन्धी मापदण्ड २०७७ अनुसार विज्ञापन आह्वान गरिएको उल्लेख छ ।
इच्छुक व्यक्तिलाई ७ दिनभित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १९:१३