News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं— काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार बुधबार १४ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट तीन दिनको म्याद थप भएको छ ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये आङटावा शेर्पाको बाहेक अरूको बयान लिइसकिएको छ ।

बालकृष्ण खाण, टोपबहादुर रायमाझी, केशव दुलाल, सानु भण्डारी, इन्द्रजित राई, टेकनारायण पाण्डेसहित १४ जना प्रहरी हिरासतमा छन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १८:२७
Weather Update