News Griha :: न्यूजगृह
विद्यालय कर्मचारी जिल्ला अध्यक्षहरूलाई तिवारीको अनुरोध– निर्देशनअनुसार कार्य गर्नू, गराउनू

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले जिल्ला अध्यक्षहरूलाई विशेष अनुरोध गर्दै प्राप्त निर्देशन अनुसार कार्य गर्न अनुरोध गरेका छन् ।

अध्यक्ष तिवारीले वर्तमान अवस्थामा विद्यालय कर्मचारीका माग पूरा गराउन केन्द्रीय समितिका पदाधिकारीहरू निरन्तर लागिपरेको  बताएका छन् ।

तिवारी भन्छन्,‘जिल्ला अध्यक्षज्यूहरूलाई विशेष अनुरोध । वर्तमान अवस्थामा हामी केन्द्रीय समितिका पदाधिकारीहरू निरन्तर आफ्नो हर प्रयास गर्दैछौं । तसर्थ सबै जिल्ला अध्यक्ष तपाईंले प्राप्त निर्देशन अनुसार जिल्लामा कार्य गर्नु गराउनु हुन हुन जानकारी गरिन्छ ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०७:०६
Weather Update