News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
‘विद्यालय कर्मचारीका माग पूरा गर्न अर्थमन्त्री सकारात्मक’ 

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महत नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले उठाएका तलबलगायत माग पूरा गर्न सकारात्मक देखिएका छन् ।

सोमबार नेपाल शिक्षक महासंघसहितका शिक्षक तथा कर्मचारी संघसंगठनको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा.महतले विद्यालय कर्मचारीका माग पूरा गर्ने आश्वासन दिएका हुन् ।

Prabhu Bank

परिषद्का अध्यक्ष गंगाराम तिवारीले न्यूजगृहसँग भने,‘अर्थमन्त्री डा.प्रकाशशरण महत विद्यालय कर्मचारीका माग पूरा गर्न सकारात्मक हुनुभएको छ । इच्छुक हुनुभएको छ । नयाँ बजेटमा हाम्रो तलब वृद्धि हुनुपर्छ भनेर हामीले भन्दा उहाँ सकारात्मक हुनुभयो ।’

अध्यक्ष तिवारीको नेतृत्वमा विद्यालय कर्मचारीहरूले बारम्बार आफ्ना मागबारे नेता, सांसद, मन्त्री तथा प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०९:५९
sagarmatha cementsagarmatha cement
Weather Update