News Griha :: न्यूजगृह
शिक्षक महासंघले तोक्यो यादवलाई सप्तरी जिल्ला अधिवेशन संयोजक

काठमाडौं— नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका केन्द्रीय सदस्य मुकेशकुमार यादवलाई सप्तरी जिल्ला अधिवेशन संयोजक तोकेको छ ।

महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले आइतबार ७७ वटै जिल्ला अधिवेशन संयोजक तोकेका हुन् । यादव भने सप्तरी जिल्लामा परेका छन् ।

जिम्मेवारी प्राप्त भएपछि यादवले शिक्षक महासंघको निर्देशानुसार सप्तरी जिल्लामा महासंघ गठन गर्नका लागि आवद्ध सम्बद्ध सबै घटक संस्थाहरूलाई निर्धारित समयमा कार्यक्रम सम्पन्न गर्न गराउन आवश्यक सहजीकरण गर्नु अनुरोध गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०६:३९
Weather Update