News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
विश्व दूरसञ्चार दिवस : ‘सूचना प्रविधिको प्रयोगबाट प्रगति हासिल गर्नुपर्छ’

काठमाडौं— सभामुख देवराज घिमिरेले नेपाल जस्तो मुलुकमा सूचना प्रविधिको प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा सूचना प्रविधिका क्षेत्रमा क्रियाशील सबैमा शुभकामना व्यक्त गर्दै सञ्चार प्रविधिको सही सदुपयोगका लागि चेतनामूलक कार्यक्रमसँगै नीतिगत व्यवस्था गर्न आवश्यकता औँल्याए ।

Prabhu Bank

‘सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँका रूपमा परिणत गरे पनि प्रविधिको उपयोगलाई विश्वासनीय, सुरक्षित र पहुँचयोग्य बनाउने चुनौती भने यथावत् छ, सूचना प्रविधिको प्रयोग गर्दै नेपालको आर्थिक विकास, समृद्धि र रोजगारी सिर्जनामा काम गर्न सम्भव छ’,घिमिरेले भनेका छन् ।

विगतको दशकमा दूरसञ्चार क्षेत्रमा भएको नवीनतम प्रविधि, पूर्वाधार विकास र नीतिमा नेपालले राम्रो फड्को मारेको उल्लेख गर्दै उनले प्रविधिले मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाले डिजिटल प्रणालीमा सेवा प्रदान गर्दै आशाको सञ्चार गरेको महसुस गरेको बताउँदै  घिमिरेले सरकारी सेवामा अनलाइन प्रणालीको विकास, मोबाइल बैंकिङ, इलर्निङ लगायतमा भएको प्रगतिले सेवा प्रवाहमा सहजता र समयको वचत गर्न सहयोग गरेको बताएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०६:०५
sagarmatha cementsagarmatha cement
Weather Update