आइतबार बालबालिकालाई खोप लगाइँदै

काठमाडौं— खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज आइतबार खोप लगाइँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइँदैछ ।
जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ताभित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ताभित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिनाभित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिनाभित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाईफाईडका जस्ता खोप अहिले लगाइँदैछ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० ०६:४७