आर्थिक रूपमा कमजोरलाई निःशुल्क उपचार गर्ने व्यवस्था हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्योपचार नपाइ मृत्युवरण गर्न नपर्ने बताएका छन् ।
हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा उनले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाउने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उनले जानकारी दिए । रासस
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० २१:१६