News Griha :: न्यूजगृह
‘नयाँ शिक्षा ऐनबारे काम भइरहेको छ’

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनमा सबैको चासो र चिन्ता भएका कारण सरकारले सोसम्बन्धी काम अगाडि बढाइरहेको बताएका छन् ।

उनले ऐन चालु संसद् अधिवेशनमा प्रस्तुत गर्ने दाबी गरे ।

शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले भने,‘शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ । हामीले कानुन मन्त्रालयलाई निरन्तर अनुरोध गरिरहेका छौँ । जारी संसद् अधिवेशनमा त्यसलाई प्रवेश गराउनुपर्छ भन्ने अठोटका साथमा काम गरिरहेका छौँ ।’

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १८:३६
Weather Update