ईसीडी शिक्षक, विद्यालय कर्मचारीसहित शिक्षक महासंघ आन्दोलनमा [फोटो फिचर]
![ईसीडी शिक्षक, विद्यालय कर्मचारीसहित शिक्षक महासंघ आन्दोलनमा [फोटो फिचर]](https://newsgriha.com/uploads/posts/teachers-aandolan-karmachari1683893248.jpg)
काठमाडौं— सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) सहित नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउनुपर्नेलगायतका माग राख्दै शुक्रबार माइतीघर मण्डलामा बृहत् विरोध सभा गरेको छ ।
सभाका सहभागीहरूले विद्यालय कर्मचारीको तलबमान कायम गर्नुपर्ने, ६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदाई गर्नुपर्ने, बालकक्षा शिक्षक (ईसीडी)लाई दरबन्दी कायम गरी तलबभत्ता उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।
महासंघसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने सहभागीहरूले जनाएका छन् । आफ्ना मागहरू पूरा नभए निरन्तर प्रदर्शन गरिरहने उनीहरूको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १७:४८