News Griha :: न्यूजगृह
शिक्षक आन्दोलन : विद्यालय कर्मचारी, ईसीडी शिक्षक र शिक्षकलाई बिदा दिन पालिका प्रमुख र प्रअहरूलाई यादवको आग्रह

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले ७५३ वटै स्थानीय तह प्रमुख तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई आन्दोलनको वातावरणलाई सहयाेग गरेर सहज बनाइदिन अनुरोध गरेका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा शुक्रबार हुन गइरहेको शैक्षिक आन्दोलनमा सहभागी हुन शिक्षक, विद्यालय कर्मचारी र बालविकास शिक्षकहरूलाई बिदा दिएर आन्दोलनलाई सहयोग गरिदिन यादवले आग्रह गरेका हुन् ।

उनले भने,‘नेपाल शिक्षक महासंघले घोषणा गरेको काठमाडौंको माइतीघर मण्डलामा मिति २०८०/०१/२९ गते हुने आन्दोलमा सहभागी हुन शिक्षक, विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई विद्यालयबाट बिदा दिनुहुन हजुरहरूसँग हार्दिक अनुरोध गर्दछु ।’

उनले आ–आफ्नो हक अधिकार, सेवा सुविधा प्राप्तिको लागि आफैं बल गर्नुपर्ने बताउँदै सरकारलाई दबाब दिनुपर्ने बताए ।

यादवको भनाइ

७५३ स्थानीय तह प्रमुखज्यू तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरुमा अनुरोध ।
तपाईंहरूले विद्यालय कर्मचारी र बालशिक्षकहरु तलब, भत्ता र सेवा सुविधाको सवालमा आआफ्नो जिम्मेवारीबाट पन्छिनु हुन्छ । यो भनेर कि केन्द्रीय (संघ)सरकारले नै तपाईंहरू सेवा सुविधा दिनुपर्छ स्थानीय तहमा आर्थिक स्रोत छैन वा विद्यालयमा आर्थिक स्रोत छैन । त्यसैले हजुरहरुसँग हार्दिक अनुरोघ गर्दछु कि नेपाल शिक्षक महासंघले घोषणा गरेको मिति २०८०/०१/२९ गते माइतीघर मण्डला,काठमाडौंको विरोध सभामा भागलिन गइरहेको शोशित ,पिडितहरु लाई जान सहज वातावरण बनाई दिनुहोला । सहयोग गर्न सक्नुहुन्छ भने आर्थिक सहयोग पनि गरेर भए पनि विरोध सभामा भागलिन पठाई दिनुहुन सहयोगको आपेक्षा गर्छु। यस आन्दोलनको कारण शशित,पिडित सामुदायिक विद्यालयमा टन टन टन टन घन्टी बजाउने सहयोगी कर्मचारी र प्रशासनको जिम्मेवार पदमा कार्यरतरही खन खन खन खन पैसा गन्ने विद्यालय सहायक (लेखापाल) साथीहरू स्थानीय तह र विद्यालयमा तलब तथा सेवा सुविधाको लागि माग गर्ने छैन । साथै सम्पूर्ण विद्यालय कर्मचारी साथी तथा बालशिक्षक साथीहरूमा विनम्र अपिल गर्दछु कि आआफ्नो हक अधिकार ,सेवा सुविधा प्राप्तिको लागि आफैं पनि बल गर्नु पर्छ । त्यसैले सबै जाऊ हाम्रो माग पूरा गर्नु सरकारलाई दबाब सृजना गरौँ । 

मुकेश कुमार यादव 
सुचना अधिकारी
नेपाल बिद्यालय कर्मचारी परिषद् 
 राष्टिय समिति काठमाडौं नेपाल

 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०६:५९
Weather Update