News Griha :: न्यूजगृह
राज्यका अंग विद्यालय कर्मचारी र बालविकास शिक्षकप्रति गैरजिम्मेवार : यादव

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले राज्यको जिम्मेवार अंगहरूले विद्यालय कर्मचारी र बालविकास शिक्षकप्रति गैरजिम्मेवार तथा दोहोरो चरित्र देखाएको बताएका छन् ।

उनले राज्यले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई त्रास देखाएर श्रमशोषण गरिरहेको बताए । उनले मंगलबार भने,‘राज्यको जिम्मेवार अंगहरू विद्यालय कर्मचारी र बालविकास शिक्षकप्रति अजिम्मेवार तथा दोहोरो चरित्र किन ? राज्य पक्षले जहिल्यै पनि विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई डर, त्रास देखाएर श्रमशोषण गरिरहेको जगजाहेर छ ।’

यादवले एउटै विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई राज्यले दिँदै आएको तलबभत्ता पनि समयमा नदिने शोषक प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।

यादवकाे भनाइ यस्ताे छ

अरु कति शोषण गर्ने अब अती भो ।

राज्यको जिम्मेवार अंगहरु विद्यालय कर्मचारी र बालविकास शिक्षकप्रति अजिम्मेवार तथा दोहोरो चरित्र किन ? राज्य पक्षले जहिल्यै पनि विद्यालय कर्मचारी र बाल शिक्षकलाई डर, त्रास देखाएर श्रमशोषण गरिरहेको जगजाहेर छ । हामी सँगै विद्यालयमा शिक्षण गर्ने सहकर्मी  शिक्षक साथीहरूको तलब समयमै पाउँदा हामी लाई कुनै आपत्ति छैन तर त्यही विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल शिक्षकलाई राज्यले दिँदै आएको झिनो अनुदा (तलब) भत्ता पनि समयमा न दिने शोषक प्रवृत्तिको अन्तय कहिले ? विद्यालय कर्मचारी र बाल शिक्षकलाई  काम गर्ने सहज वातावरणको साथ साथै न्याय उचित पारिश्रमिक समयमै उपलब्ध नहुन्जेल शिक्षण कार्य र प्रशासन कार्य सबल हुँदैन । ससम्मानका साथ शिक्षण र प्रशासनिक काम गर्ने वातावरणको सिर्जना गराउन । हामी देशै भरिका  विद्यालय कर्मचारी तथा बाल शिक्षकहरु नेपाल शिक्षक महासंघले घोषणा गरेको  विरोध सभामा मिति २०८०–०१–२९ गते माइतीघर मण्डला, काठमाडौंमा विरोध सभमा सहभागी जनाउ । विगत लामो समयदेखि नेपाल बिद्यालय कर्मचारी परिषद्ले ४०,००० विद्यालय कर्मचारीको पेशागत हक हित सुनिश्चिता गराउनको लागि निरन्तर राज्य पक्षलाई जिम्मेवारी बोध गराइएको जगजाहेर छ तर पनि राज्य पक्ष गहिरो निद्राबाट बिउझिएको छैन । त्यसैले हामी विद्यालय कर्मचारी ,बाल शिक्षक सबै आआफ्नो हक अधिकार सुनिश्चित गराउनको लागि काठमाडौं केन्द्रित विरोध सभामा सहभागी हौँ ।  अरुले गरे मेरो पनि भइ हाल्छ न सोचौँ आफ्नो लागि म आफै लड्नु पर्छ भन्ने मान्यताका साथ आफ्नो पेशागत हक अधिकार तथा आत्म सम्मान प्राप्तिको लागि भए पनि बृहत् उपस्थिति जनाउ ।
      
        मुकेश कुमार यादव 
         सुचना अधिकारी
नेपाल बिद्यालय कर्मचारी परिषद् 
 राष्टिय समिति काठमाडौं नेपाल

 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०८:३४
Weather Update