अनुहारमा नियमित दूध लगाउँदा के हुन्छ ?

काठमाडौं— गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ । छालाको स्याहारका लागि घरेलु उपचार उत्तम हुन्छ ।
के गर्ने ?
तपाईंले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने सन (घाम) टेनिंगबाट छुटकारा पाउनुहुनेछ । घामबाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्दत पुग्नेछ । र,छालाको टोनिंगको लागि पनि दूध उपयुक्त हुन्छ ।
नियमित दूधको प्रयोगले अनुहारको छालामा देखापरेका कालाधब्बा हराउँदै जानेछ । र,साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुँदै जान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ ।
एक चम्चा दूध, एक चम्चा एलोभेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउँदा खुला छिद्रहरू कडा बनाउँछ ।तपाईं दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० ०७:५६