खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आइतबार दिइने

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप दिइने जानकारी दिएको छ ।
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८० १६:४८