News Griha :: न्यूजगृह
कोरोनाबाट ७६ जना सङ्क्रमित

काठमाडौं— पछिल्लो २४ घण्टामा ७६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार एक हजार छ सय तीनजनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र  सघन उपचार कक्षमा १२ जना रहेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १६:४४
Weather Update