
काठमाडौं— मस्तिष्क जस्तो आकारको ओखरले मानसिक कार्य सम्पादन सुधार गर्न मद्दत गर्दछ । ओखर हाम्रो दैनिक आहारमा अविश्वसनीय रूपमा पौष्टिक आहारा हो किनभने ओखरमा फाइबर, भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन र फलामजस्ता प्रशस्त तत्त्व र गुणहरू रहेका हुन्छन् ।
सही तरिकाले खाँदा ओखरका धेरै स्वास्थ्य लाभहरू रहेका छन् । ओखर खाने सबैभन्दा राम्रो उपाय भनेको रातभर भिजाएर बिहान खानु हो । यसका लागि एक कप पानीमा २–४ ओखरको टुक्रा रातभर भिजाउनु होस् । अर्को बिहान तिनीहरूलाई खानुहोस् ।
भिजेको ओखरले शरीरमा हानिकारक कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । साथै, नियमित ओखर सेवनले पाचन प्रणालीमा पनि सहयोग गर्दछ । जब ओखर भिजाइन्छ, तपाईंको शरीरले पोषक तत्त्वहरू अझ सजिलै अव शोषित गर्न सक्छ। आउनुहोस्, जानौं ओखरका फाइदाहरू ।
निद्रामा सुधार : ओखरले मुख्यतया निद्रा सुधार गर्दछ । यसमा मेलाटोनिन नामक तत्त्व पाइन्छ, जसले निन्द्रा बढाउन फाइदाजनक मानिन्छ । यदि तपाईंले बिहान र सुत्नु अघि भिजेको ओखरको सेवन गर्नुभयो भने यसले तपाईंलाई राम्रोसँग निदाउन मद्दत गर्छ ।
तौल कम गर्न : अर्को पटक भोक लाग्दा अब जंक फुड नखानुहोस् । यसको सट्टा ओखर खानुहोस् । अखरोट खाएपछि, तपाईं पेट भरिएको महसुस गर्नुहुन्छ, जसले तपाईको शरिरको तौल घटाउन प्रोत्साहन दिन्छ । यसले भोक कम गर्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : ओखरमा एन्टिअक्सिडेन्ट र पोषक तत्त्वहरू हुन्छन्, जसले तपाईंको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । यसका साथै रोग प्रतिरोधी क्षमता बढाउन दूधको सेवन पनि गर्न सकिन्छ ।
प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट : ओखरमा उच्च एन्टिअक्सिडेन्ट हुन्छ, जसले हाम्रो छालालाई पराबैंगनी किरणहरूबाट जोगाउन सक्छ, जुन हामी प्राय: गर्मीमा सम्पर्कमा रहन्छौं ।
सूजन कम हुन्छ : धेरै पुरानो रोगहरू सूजनबाट सुरु हुन्छ, जुन अक्सिडेटिभ तनावको कारण हुन सक्छ । ओखरमा पाइने पोलिफेनोलले सूजन र अक्सिडेटिभ क्षति विरुद्ध लड्न मद्दत गर्न सक्छ । यसले गर्मीको सूजन कम गर्न मद्दत गर्न सक्छ ।
कोलेस्ट्रोल घटाउँछ : हृदय रोगको जोखिम लामो समयदेखि कोलेस्ट्रोल र ट्राइग्लिसराइड स्तरहरूसँग सम्बन्धित रहेको हुन्छ । ओखर नियमित खानुहोस्, कोलेस्ट्रोलको मात्रा कम हुन्छ । यद्यपि खराब कोलेस्ट्रोल वर्षको कुनै पनि समयमा बढ्न सक्छ, नियमित रूपमा अखरोट खाँदा यसले सो रोगसँग लड्न मद्दत गर्न सक्छ ।
ऊर्जाका लागि : ओखर फ्याट, फाइबर र प्रोटिनले भरिपूर्ण हुन्छ, जसले तपाईंलाई गर्मी महिनाहरूमा दिनभर ऊर्जा दिन्छ ।