News Griha :: न्यूजगृह
१७ जना थपिए कोरोना संक्रमित

काठमाडौं— नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५७ जना संक्रमण मुक्त भएका छन् । शुक्रबार थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ६२ रहेको छ ।

अहिले १२ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार छ सय नौ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १९:४९
Weather Update