३३ अंकले घट्यो नेप्से, परिसूचक २५७६ बिन्दुमा
काठमाडौं— नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३३ अंकले घटेको छ । २६१३ बिन्दुमा सुरु भएको बजार लगातार घटेर २५७६ बिन्दुमा ओर्लिएको हो ।
मंगलबार कारोबार बन्द हुने अन्तिम आधा घण्टामा भने परिसूचक १९ अंकले उक्लियो । मंगलबार कुल २१३ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको मूल्य सामान्य अंकले मात्रै बढेको छ ।
तीन कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार ३०८ वटा कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसबाट ५ अर्ब ६७ करोड ४६ लाख मूल्यको शेयर कारोबार भयो ।
मंगलबार सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । मंगलबार फाइनान्स समूहको मूल्य ५.१९ प्रतिशतले घटेको छ । त्यस्तै नारायणी विकास बैंक, गुह्येश्वरी मर्चेन्ट र बोटलर्स नेपाल तराईको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ १५:२४