News Griha :: न्यूजगृह
सोमबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

काठमाडौं— नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ११:५२
Weather Update