News Griha :: न्यूजगृह
बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।  बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य भने आज स्थिर रहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ११:३८
Weather Update