
काठमाडौं— एलोभेरामा भिटामिन, एमिनो एसिड र मिनरल्स हुन्छ । यसले कपाललाई लामो, बाक्लो र चम्किलो बनाउन मद्दत गर्छ ।
एलोभेराले सुख्खा र सुस्त कपाललाई मोइस्चराइज गर्छ । एलोभेरालाई हेयर मास्कको रूपमा प्रयोग गर्न सकिन्छ ।
एलोभेरा मास्क कपाल लामो, बाक्लो, चम्किलो र रेशमी बनाउन प्रयोग गर्न सकिन्छ । एलोभेरा लगाउँदा हुन सक्ने फाइदाबारे जान्नुहोस् ।
हेयर मास्क कसरी बनाउने ?
एलोभेराबाट हेयर मास्क बनाउन एलोभेराका पातहरू राम्ररी सफा गर्नुहोस् । चक्कुको सहायताले पातका किनाराहरू हटाउनुहोस् । छालासहितका पातहरूलाई सानो टुक्रामा काट्नुहोस् र केरासँग मिक्सरमा पिस्नुहोस् । अब एलोभेराको मास्क तयार भयो ।
कसरी लगाउने ?
यो मास्क कपालमा लगाउनुहोस् । आधा घण्टापछि आफ्नो कपाल पानीले राम्रोसँग धुनुहोस् । कपाललाई ओसिलो बनाउन मास्कमा क्यास्टर आयल थप्न सकिन्छ ।
फाइदा
एलोभेरामा पाइने एलोनिन कपालको लागि उत्तम तत्व हो । यसले कपाल झर्ने समस्याबाट बच्न मद्दत गर्छ । यसले हानिकारक पराबैगनी किरणलाई कपाललाई हानी हुनबाट रोक्छ ।