News Griha :: न्यूजगृह
बाजुरामा भूकम्पको धक्का

बाजुरा— बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको  बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

यो पनि पढ्नुहोस

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १३:५८
Weather Update