
काठमाडौं— कतिपय मानिसले कपालको हेरचाहमा विशेष ध्यान दिन्छन् । राम्रो र मुलायम कपाल बनाउन पनि उत्तिकै मेहनत गर्दछन् । कपाल राम्रो बनाउन अनेक किसिमका साबुन, स्याम्पू, भिटामिन, तेल आदिको प्रयोग गरेको पाइन्छ । कुन तेल प्रयोग गर्दा कपाल राम्रो र मुलायम हुन्छ त्यसबारे हामी जानकारी गराउँछौं ।
तिलको तेल
कपालमा तिलको तेलको निकै फाइदाजनक छ । तिलको तेलमा फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । यो तेलले कपाललाई बाक्लो मात्र बनाउँदैन मुहारमा आउने डन्डीफोर र बिल्डअपलाई पनि हटाउँछ ।
अमलाको तेल
भिटामिन सी युक्त अमलाको तेलले कपाललाई पूर्ण रुपमा पोषण दिन्छ । यो तेलले कोलाजेन प्रोटिन बनाउँछ जसले कपाल बढाउन मद्दत गर्छ । यसबाहेक यो तेलको राम्रो प्रभाव कपालको फोलिकल्सलाई पोषण गर्नमा देखिन्छ । अमलाको तेलमा एन्टी इन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल र एन्टीड्यान्ड्रफ गुण पनि प्रशस्त हुन्छ ।
जैतुनको तेल
ओलिभ आयलले कपाललाई राम्रो बनाउनन मद्दत गर्दछ । यस तेलको एन्टी इन्फ्लेमेटरी गुणले कपालको सतह सफा राख्छ । यसबाहेक जैतुनको तेल, भिटामिन ई एन्टिअक्सिडेन्ट र ओलिक एसिडले समृद्ध कपाललाई क्षति हुनबाट रोक्छ र कपालको वृद्धिलाई बढावा दिन्छ ।
बदामको तेल
मिठो बदामको तेल कपालका लागि निकै फाइदाजनक हुन्छ । यो तेलले कपाल पातलो हुने समस्या हट्छ । यसबाहेक यो बदामको तेल भिटामिन र खनिजको राम्रो स्रोत हो । यसमा भिटामिन ई, भिटामिन ए, पोटासियम, जिंक, प्रोटिन र फ्याटी एसिड पनि पाइन्छ जुन कपालको लागि राम्रो साबित हुन्छ ।
अरंडीको तेल
क्यास्टर आयललाई अरंडीको तेल पनि भनिन्छ । यो तेलले कपालको मोटोपन बढाउन मद्दत गर्छ । टाउकोमा मात्र नभई यो तेल कपाललाई बाक्लो बनाउन पनि लगाइन्छ । क्यास्टर तेलले कपाललाई बलियो र नरम बनाउँछ ।