News Griha :: न्यूजगृह
विद्यालय कर्मचारी र ईसीडी शिक्षकको तलब वृद्धिको माग गर्दै आन्दोलन गरिने 

काठमाडौं— आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण भइरहँदा नेपाल शिक्षक महासंघले वैशाख अन्तिम साता माइतीघर मण्डलामा विभिन्न माग राखेर आन्दोलन गर्ने भएको छ ।

विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) को तलब वृद्धिको माग गर्दै महासंघले २९ वैशाखमा आन्दोलन गर्ने भएको हो ।

शिक्षकको तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्ने, शिक्षकको तलब मासिक रूपमा भुक्तानी दिने प्रबन्ध गर्ने माग गर्दै प्रदर्शन गर्ने भएको हो ।

महासंघले शिक्षामा गर्ने लगानी कुल बजेटको २० प्रतिशत कायम गराउने मागसहित आन्दोलन गर्ने जनाएको छ ।

teachers1683163442.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०७:०८
Weather Update