काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एअरमा समस्या

काठमाडौं— काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ ।
बुद्ध एअरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एअरले जनाएको छ ।
जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको छ ।
अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एअरले जनाएको छ ।
जहाजमा ६२ जना यात्रु थिए ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ ०९:२९














