News Griha :: न्यूजगृह
चार दिनमा प्रतितोला ४ हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं — नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

सोमबार प्रतितोला एक हजार रूपैयाँ, मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँ, बुधबार प्रतितोला नौ सय रूपैयाँ र बिहीबार प्रतितोला एक हजार गरी यो चार दिनमा सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ११:२८
Weather Update