News Griha :: न्यूजगृह
बढ्यो शेयर बजार, घट्यो कारोबार

काठमाडौं — बुधबार शेयर बजार ९.०९ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ।
बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ।

अघिल्लो दिन १० अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ९ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रह्यो।

विकास बैंक समूह सबैभन्दा धेरै ३.३८ प्रतिशत बढ्यो। त्यस्तै फाइनान्स १.६६, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर १.२८, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.२७ प्रतिशत बढे । बैंकिङ सेक्टर ०.२६ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा ०.१८, निर्जीवन बीमा ०.२१ र अन्य ०.०७ प्रतिशत घटे। उत्पादन समूह स्थिर रह्यो।

८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोसी विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानाकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो।

गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो। युनिक नेपाल लघुवित्तको ७.०६ प्रतिशत घट्यो। मूल्य घटेका अरुको ३ प्रतिशतभन्दा कम रह्यो। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, जानकी फाइनान्स, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास बैंक र बेस्ट फाइनान्स कम्पनी क्रमशः अगाडि रहे।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १५:३३
Weather Update