लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ
काठमाडौं — नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा झरेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ ११:३१