कोरोनाबाट बच्न सूर्तीजन्य प्रदार्थ सेवन नगर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक शक्तिलाई असर गरी संक्रमण हुने सम्भावना बढाउँने हुँदा सेवन नगर्न आग्रह गरेको हो ।
सूर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औंलाले छुनुपर्ने हुँदा कोरोना संक्रमण सजिलै सर्ने सम्भावना बढी हुने मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्याउने हुँदा सूर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकोले थप जटिलता निम्त्याउने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० २१:११