News Griha :: न्यूजगृह
पार्टी निर्णयविरुद्ध उभिएको भन्दै रावल, पाण्डे र तिम्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौं— नेकपा एमालेको सचिवालय बैठकले पार्टीको भवन निर्माणको विषयमा पार्टी निर्णयविरुद्ध उभिएको भन्दै तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

सचिवालयको आइतबारको बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

एमाले महासचिव शंकर पोखरेललले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोधिएको जानकारी दिए। उनीहरुले व्यापारीबाट मीनबहादुर गुरुङबाट जग्गा दान लिएर पार्टी भवन निर्माण गर्ने कुरा गलत भएको भन्दै अभिव्यक्ति दिएका थिए। रावलले त अन्य अन्य विषयमहरूमा पनि यसअघि देखि नै बोल्दै आएको महासचिव पोखरेलले बताए।

‘केन्द्रीय कार्यालयको भनव निर्माणको बहसमा पार्टी निर्णयको विरुद्धमा जाने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ। पार्टीको नीतिसँग असहमत भइ विचार प्रकट गर्ने पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय छ,’ महासचिव पोखरेलले बैठकपछि भने।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १९:२३
Weather Update