News Griha :: न्यूजगृह
लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिदबिक्री?

काठमाडौं— नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ११:०६
Weather Update