नेपालमा थपिए १९ कोरोना संक्रमित

काठमाडौं— नेपालमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
साेमबार थपिएकासँगै नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या २८३ रहेको छ ।
हाल संस्थागत आइशोलेशनमा ३२, आईसीयूमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १८:४८