News Griha :: न्यूजगृह
राष्ट्रपतिलाई थापाको आग्रह– उपचार खर्च आफ्नै खल्तीबाट बेहाेर्छु भन्नुहोस्

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले बेहाेर्नुपर्ने बताएका छन् ।

सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा बाेल्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैंले आफ्नो उपचार खर्च बेहाेर्नुपर्ने बताएका हुन् ।

‘यो गणतन्त्र हो । त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट बेहोर्छु, म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्‍याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्‍याउँछ ?’ महामन्त्री थापाले भने ।

थापाले आगामी आर्थिक वर्षको बजेट बन्दै गरेको बताउँदै बजेटमा श्रमिकहरूको न्यूनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीलाई आग्रह गरे । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १८:२०
Weather Update