लगातार बढ्दै सुनको मूल्य, तोलाको १ लाख ६१ हजार नाघ्यो
काठमाडौं— सुनको मूल्यमा लगातार वृद्धि भएको छ।
आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो। यस अघि बिहीबार सुनको मूल्य १ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ १०:४८