सुनको मूल्य अहिलेसम्मकै उच्च, पुग्यो तोलामा १ लाख ५८ हजार ८ सय रुपैयाँ
काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ ११:०७