भारतमा उपचार गरेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडाैं— राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन् ।
उनी आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल ६ वैशाखमा उपचारका लागि भारत प्रस्थान गरेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० ०६:५९