News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
पब्जी र वर्ल्डलिंकबीच सम्झौता

काठमाडौं— चर्चित मोबाइल गेम पब्जी र नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकबीच सम्झौता भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सम्झौता भएको हो ।

नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधा एवम् विशेषता प्रदान गर्न यो साझेदारी भएको कम्पनीले जनाएको छ ।

Prabhu Bank

कम्पनीले नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभव प्राप्त हुने अपेक्षा यसबाट गर्न सकिने बताएको छ ।

नेपालमा मोबाइल गेमिङको आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जी मोबाइलका नेपालभर ५० लाखभन्दा बढी सक्रिय गेमर छन् ।

कार्यक्रममा बोल्दै वर्ल्डलिंकका सीईओ केशव नेपालले गेमिङ क्षेत्रलाई राम्रो बनाउन सम्झौता भएको बताए ।

‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा गेमिङ समुदायको आवश्यकतालाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोसलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ,’ उनले भने ।

सीईओ नेपालले वर्ल्डलिंक र पब्जी मोबाइलले उक्त साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपूर्व कदमको रूपमा लिएको बताएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १९:५३
sagarmatha cementsagarmatha cement
Weather Update