News Griha :: न्यूजगृह
असोजका लागि पनि घट्यो ब्याजदर, कुन बैंकको कति?

काठमाडौं— वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ।

भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ। यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत थियो।

असोजमा दुई बैंक कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भदौको तुलनामा बढाएका छन्। तीबाहेक १० बैंकले घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन्। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्ट छन्।

स्थिर राखेकामा लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयन छन्।

असोज महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज दिनेमा एनआईसी एसिया बैंक छ। जसले अधिकतम ७.१८ प्रतिशत ब्याज दिनेछ। यसअघि भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत थियो। जुन एनएमबी र एनआईसी एसिया बैंकले दिएका थिए।

त्यस्तै असोजमा व्यक्तिगत मुद्दतीमा न्यूनतम ब्याजदर भने सानिमाको ५.९ प्रतिशत छ। लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ। निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ। संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ। त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन्।

बैंकहरुसँग तरलता पर्याप्त रहेपछि राष्ट्र बैंकले बोलकबोलमार्फत रकम खिचिरहेको छ। आइतबार १ खर्ब रुपैयाँ तरलता खिचेको राष्ट्र बैंकले सोमबार ५० अर्ब रुपैयाँ तरलता खिच्दैछ। पर्याप्त तरलता रहेकाले निक्षेपको ब्याजदर घट्दो क्रममा देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए।

व्यक्तिगत मुद्दतीमा कुन बैंकको अधिकतम ब्याजदर (प्रतिशत) कति ?

बैंकभदौको ब्याजदरअसोजको ब्याजदर
कृषि विकास बैंक६.०६५६.०७
राष्ट्रिय वाणिज्य बैंक६.०७६.००
नेपाल एसबीआई बैंक६.२५६.००
लक्ष्मी सनराइज बैंक६.५०६.५०
ग्लोबल आईएमई बैंक६.२५६.२५
कुमारी बैंक६.७१६.०१
प्राइम कमर्सियल बैंक६.७५६.२५
नेपाल बैंक५.२५५.९५
सानिमा बैंक६.२०५.९०
सिटिजन्स बैंक६.७५६.५०
नबिल बैंक७.००६.७५
इन्भेष्टमेन्ट मेगा बैंक६.५०६.५०
सिद्धार्थ बैंक६.५०६.५०
स्टान्डर्ड चार्टर्ड बैंक७.००७.००
माछापुच्छ्रे बैंक७.००७.००
प्रभु बैंक६.१०६.१०
एनएमबी बैंक७.४१६.५०
एनआईसी एसिया बैंक७.४१७.१८
हिमालयन बैंक७.००७.००
एभरेष्ट बैंक६.१०६.००

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १०:२७
Weather Update