काठमाडौं— मलेसियामा एक नेपालीको हत्या भएको छ। सिराहाका रुपेश यादवको हत्या भएको हो।
उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन्। रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए।
साथीको हत्या गरेर मिलन फरार रहेको मलेसियन प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१ १०:५७